लागूऔषध सहित २ जना पक्राउ

डिसी नेपाल
२३ साउन २०७६ २१:४०

काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका ६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

मोरङ, उर्लाबारी नगरपालिका ७ पूर्व बस स्टेशनस्थित पूर्वपश्चिम राजमार्गबाट पथरी शनिश्चरे नगरपालिका २ बस्ने २६ वर्षीय अनुज राईलाई नियन्त्रित लागूऔषध लुपिजेसिक १७ एम्पुल, डाईजेपाम १७ एम्पुल र प्रोमोजोन १९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले को ३ प ६४८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *