लागूऔषध सहित २ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका १४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रंगेली नगरपालिका ६ घर भएका २६ वर्षीय लक्की सिंहलाई लागूऔषध नाईट्राभेट २८ थान, ट्रामा ३ सय २० थान, गाँजा करिब ५० ग्राम र नेपाली ४४ हजार रुपैयाँ तथा भारतीय १ हजार १ सय रुपैयाँ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मोरङ, उर्लाबारी नगरपालिका ७ पूर्व बस स्टेशनस्थित पूर्वपश्चिम राजमार्गबाट पथरी शनिश्चरे नगरपालिका २ बस्ने २६ वर्षीय अनुज राईलाई नियन्त्रित लागूऔषध लुपिजेसिक १७ एम्पुल, डाईजेपाम १७ एम्पुल र प्रोमोजोन १९ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले को ३ प ६४८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राईको साथमा उक्त लागूऔषध फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment