मोदीको सम्बोधनपछि इमरानको कडा प्रतिक्रिया

डिसी नेपाल
२३ साउन २०७६ २३:११

इस्लामावाद (एजेन्सी) । जम्मू कश्मीरबारे विवादास्पद निर्णय गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्दै कश्मीरको विकासका लागि पहल गरिएको दावी गरेपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

मोदीको सम्बोधनपछि ट्वीट गरेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीर मामिलामा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समूदायसँग अपील गरेका छन्। उनले कश्मीरमा भारतले कफ्र्य लगाएको भन्दै इमरानले त्यहाँको अवस्था निकै नाजुक रहेको टिप्पणी गरेका छन्। उनले कश्मीरमा नरसंहार हुन सक्नेसमेत आशंका व्यक्त गरेका छन् । ‘कश्मीरमा नरसंहार भएको हुन सक्छ। के दुनियाले फेरि अर्को फासिवादको साक्षी बन्नु पर्ने हो? जो यो पटक भाजपा सरकारका रुपमा देखिएको छ । के अन्तर्राष्ट्रिय समूदाय यो नरसंहार रोक्ने साहस देखाउला?’ इमरानले भनेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ देशवासीका नाममा सम्बोधन गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरानले ट्वीटरमाफर्त प्रतिक्रिया दिएका छन्। यसअघि बिहीबारै पाकिस्तानले भारत र पाकिस्तान अन्तरदेशीय रेल सेवा सम्झौता एक्सप्रेस सँधैका लागि बन्द गर्ने निर्णय गरेको थियो।

भारतले जम्मू कश्मीरलाई दिइएको विशेषाधिकार खाजेर गरेको छ भने विभाजन गरेर दुई वटा केन्द्र शासित प्रदेश बनाएको छ । अन्तर्राष्ट्रिय विवादास्पद भूमिबारे भारतले एकतर्फी रुपमा निर्णय लिएपछि पाकिस्तान भारतप्रति आक्रामक बनेको छ। उता भारतले भने कुटनीति रुपममा संयमतापूर्वक प्रतिक्रिया दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *