रसुवाको घट्टेखोलाबाट एक फ्रान्सेली महिला बेपत्ता
रसुवा । रसुवागढी मार्ग भएर चिनियाँ भूभागमा जाँदै गरेकी एक फ्रान्सेली नागरिक टिमुरेको घट्टेखोलाबाट आज बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश वाग्लेका अनुसार आज बिहान १०.४५ बजे खुट्टा धुन खोलामा गएकी राहदानी नं 11CP00778 की ७१ बर्षीया हरतीङ अल्फ्रेडलाई घट्टेखोलाले बगाई बेपत्ता बनाएको हो।
रसुवा जिल्ला गोसाँइकुण्ड गाउँपालिका–२ को घट्टेखोलामा घटना भएको थाहा पाउनासाथ खोज उद्धारका लागि सीमाक्षेत्रको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
ठाडो खोलामा पानीको बहाव तीव्र भएको र घटनास्थल भोटेकोशी नजिक गहिरो खोँच भौगोलिक विकटताजस्ता समस्या भए पनि सुरक्षाकर्मी तदारूकता साथ खोँज र उद्वारमा लागेको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरूष ढकालले बताए।
ती महिला काठमाडौँ स्थित सत्यम टुर एण्ड ट्राभलमार्फत मानसरोवर जाने क्रममा रहेको प्रहरीले बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment