चिर्पट प्रहार गरी ७० वर्षीय बुबाको हत्या
सुरुङ्गा। झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले शुक्रबार बिहान बुबाको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए।
चिर्पट प्रहारबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment