लुगा सुकाउने क्रममा इनारमा खसेर महिलाको मृत्यु

डिसी नेपाल
२४ साउन २०७६ ९:५३

चितवन। भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन्। इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *