भारतको सर्वाधिक ठूलो सम्मानबाट पूर्वराष्ट्रपति मुखर्जी सम्मानित

डिसी नेपाल
२४ साउन २०७६ १०:४२

नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जी भारतको सवैभन्दा ठूलो सम्मान मानिने भारत रत्नबाट सम्मानित भएका छन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मुखर्जीलाई सम्मान प्रदान गरेका हुन्।

उनलाई कार्यक्रममा उपस्थित प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति एम वैनकैया नायडुसहित विभिन्न नेताहरूले बधाई दिएका थिए । पुर्वराष्ट्रपतिसँगै आसामी गायक भूपेन हजारिक र आरएसएस नेता नानाजी डेश्मुखलाई पनि मरणोपरान्त भारत रत्न प्रदान गरिएको थियो ।

बिहीबार सम्मानित पुर्वराष्ट्रपति मुखर्जी सन् १९३५ को डिसेम्बर ११ तारिखका दिन बङ्गाली परिवारमा जन्मिएका हुन् । उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तरसँगै एलएलबी पनि उत्तीण गरेका छन् । उनि आजीवन राजनीतिमा लागे भने उनले राज्यको र पार्टीको विभिन्न महत्वपूर्ण जिम्मेवारी पनि सम्हाले ।

सन् २०१२ देखि २०१७ सम्मा उनि भारतको राष्ट्रपति भएका थिए भने त्यसअघि सन् २००९ देखि २०१२ सम्म संघीय अर्थमन्त्री बनेका थिए। मुखर्जीलाई भारतमा असल र सम्मानित नेताका रूपमा लिइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *