बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! आफैंले भनिन् ‘भिडियोमा देखिएको म नै हुँ’
काठमाडौं। पछिल्लो समय बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको गिरफ्तारीको खबर निकै चर्चामा छ । उनलाई पक्राउ गर्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीलाई ल्भिर रंगको शिमर ड्रेसमा देखिन्छ । उनी कतैबाट आउँदैछिन् ।
लगत्तै उनीजस्तै कपडा लगाएकी युवतीलाई पुलिसले पक्राउ गरिरहेको देखिन्छ । पक्राउ परेकी युवतीको अनुहार नदेखिएकोले यी सोनाक्षी नै हुन् भन्ने सकिन्न तर आवाज भने सोनाक्षीकै सुनिन्छ । सुनिने आवाजमा सोनाक्षीले आफूलाई पक्राउ गरिएकोमा प्रतिवाद गरेकी छिन् । उनले भनेकी छिन् ‘तिमी मलाई यसरी पक्राउ गर्न सक्दैनौ । के तिमीलाई थाहा छ म को हुँ । मैले केही गरेकी छैन । तिमी मलाई कसरी गिरफ्तार गर्न सक्छौ ?’
सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’

No ads found for this position


डिसी नेपाल
Does Cialis Work Cialis Generico Sicuro cialis Propecia Generique 50mg Amoxicillin And Doseage Doxycycline On Line