बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! आफैंले भनिन् ‘भिडियोमा देखिएको म नै हुँ’

डिसी नेपाल
२४ साउन २०७६ ११:४५

काठमाडौं। पछिल्लो समय बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको गिरफ्तारीको खबर निकै चर्चामा छ । उनलाई पक्राउ गर्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीलाई ल्भिर रंगको शिमर ड्रेसमा देखिन्छ । उनी कतैबाट आउँदैछिन् ।

लगत्तै उनीजस्तै कपडा लगाएकी युवतीलाई पुलिसले पक्राउ गरिरहेको देखिन्छ । पक्राउ परेकी युवतीको अनुहार नदेखिएकोले यी सोनाक्षी नै हुन् भन्ने सकिन्न तर आवाज भने सोनाक्षीकै सुनिन्छ । सुनिने आवाजमा सोनाक्षीले आफूलाई पक्राउ गरिएकोमा प्रतिवाद गरेकी छिन् । उनले भनेकी छिन् ‘तिमी मलाई यसरी पक्राउ गर्न सक्दैनौ । के तिमीलाई थाहा छ म को हुँ । मैले केही गरेकी छैन । तिमी मलाई कसरी गिरफ्तार गर्न सक्छौ ?’

सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’




प्रतिक्रिया

One thought on “बलिउड अभिनेत्री सोनाक्षी सिन्हा गिरफ्तार ! आफैंले भनिन् ‘भिडियोमा देखिएको म नै हुँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *