श्रीमान आउँदा ढोकापछाडि लुकेका थिए प्रेमी, ‘किस्ता’ उठाउन घरमा आइरहन्थे

डिसी नेपाल
२४ साउन २०७६ १२:२७

काठमाडौं। श्रीमतीले बैंकबाट ऋण लिएपछि त्यसको किस्ता असुलीको लागि एक व्यक्ति उनीहरुको घर आउन थाले । त्यसपछि एक वर्षसम्म ऋण उठाउन आउने व्यक्ति र श्रीमतीबीच रोमान्स र अवैध सम्बन्धको सिलसिला चल्यो । उता श्रीमान भने दिन रात मेहनत गरेर कमाउनमा लागिपरे । एक दिन जब उनीहरुको यो भेद गाउँलेका अगाडि खुल्यो श्रीमानको खुट्टामुनिको जमिन भासियो । फिल्मी कहानीजस्तो यो घटनामा रोमान्स, बाध्यता, धोका, सस्पेन्स र एक्शन सबथोक छ । भारतको बिहार राज्यको किशनगंजमा यी प्रेमी प्रेमिकालाई रिसाएका गाउँलेको भीडले रामधुलाइ कुटेर पुलिसको जिम्मा लगाएका छन् ।

आज तकको समाचारमा उल्लेख भएअनुसार बंधन बैंकमा काम गर्ने प्रविन कुमार र विवाहित महिला हिनाबीच अवैध सम्बन्ध थियो । हिनाले बंधन बैंकबाट ऋण लिएकी थिइन् र यसको किस्ता असुलीको लागि प्रविन उनको घर जान्थे । यस क्रममा हिना र प्रविनबीच प्रेम सम्बन्ध सुरु भयो । बैंककर्मी प्रविन आफ्नी विवाहित प्रेमिका हिनासँग घण्टौं फोनमा पनि कुरा गर्थे ।

उनीहरुबीच सम्बन्ध विगत १ वर्षदेखि थियो । हिना २ बच्चाकी आमा हुन् र उनका पति मुहम्मद रब्बान इ–रिक्शा चलाउँछन् । हिनाका पति रब्बानलाई पैसा कमाउन यतिसम्म भूत चढेको थियो कि पैसा कमाउने चक्करमा कहिलेकाहीँ घर नै फर्कदैनथे । मंगलबार पनि अबेर रातीसम्म रब्बान घर नफर्केपछि हिनाले आफ्ना प्रेमी प्रविनलाई घरमा बोलाइन् । प्रविन हिनाको घर पुग्दा आसपासका गाउँलेले यसको सुइँको पाए । उनीहरुले हिनाका पति रब्बानलाई यसको सूचना दिए ।

सूचना पाएपछि रब्बान घर पुगे र श्रीमतीलाई ढोका खोल्न भने । जब हिनाले ढोका खोलिनन् त्यसपछि गाउँलेको सहयोगले ढोका फोडे । ढोका फुटाउनासाथ भित्र हेर्दा दुवै आपत्तिजनक हालतमा कोठामा थिए । यस्तो देखेपछि पति र गाउँलेको भीडले दुवैलाई रामधुलाइ कुटे । त्यपछि रब्बानले हिनालाई घरबाट निकालिदिए र पुलिसको जिम्मा लगाए । पुलिसले यस विषयमा जाँच चलिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *