सुषमा स्वराजबारे अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इवांकाको यस्तो प्रतिक्रिया

डिसी नेपाल
२४ साउन २०७६ १२:५१

काठमाडौं। भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । स्वराजको निधनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा बरिष्ठ सल्लाहकार इवांका ट्रम्पले दुःख व्यक्त गरेकी छिन् । इवांकाले भनिन् ‘भारतले एक समर्पित र लोकसेवक नेतालाई गुमायो । सुषमा स्वराज भारत र संसारभरमा महिलाहरुको लागि च्याम्पियन थिइन् । उनीसँग परिचित हुनु सम्मानको कुरा थियो ।’

मंगलबार राती हृदयाघातका कारण सुषमा स्वराजको निधन भएको थियो । उनको अन्तिम संस्कार बुधबार गरियो । सुषमा स्वराजको निधनमा अमेरिकी विदेशमन्त्रीले पनि दुःख व्यक्त गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्क पोम्पियोले ट्वीट गर्दै लेखेका छन् ‘मित्र तथा भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनको खबरले दुःखी छु । उनको परिवार र भारतको जनताप्रति मेरो समवेदना ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *