प्रेममा लुटाए जीवनभरको कमाइ, धोका पाएपछि फेसबुक लाइभ गरेर आत्महत्या

डिसी नेपाल
२४ साउन २०७६ १४:४४

काठमाडौं। प्रेममा धोका खाएका एक युवकले दाह्री काट्ने छुराले आफ्नै घाँटी काटेर आत्महत्या गरेका छन् । उनले आफ्नो आत्महत्या फेसबुकमा लाइभ गरेका थिए । राजस्थानको सीकर जिल्लाका ती युवकले पहिले फेसबुक लाइभ सुरु गरे त्यसपछि आफ्नो घाँटी काटे । आत्महत्या गर्नुभन्दा अगाडि उनले भने ‘प्रेम नगर्नू, प्रेममा धोका पाइन्छ ।’

आज तकको समाचार अनुसार ती युवकले जीवनभर कमाएर ७ लाख रुपैयाँ जम्मा गरेका थिए । उनले यो सबै पैसा ती युवतीलाई दिएका थिए तर युवतीले धोका दिइन् । आत्महत्या गर्नुअघि ती युवकले आफ्नी आमालाई पनि फोन गरेका थिए । युवकको मृत्युको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । पुलिसका अनुसार जवाहर सिंह गुजरातमा काम गर्थे र १ दिन पहिले मात्रै गाउँ फर्केका थिए ।

जानकारी अनुसार युवक केही दिन अगाडि मात्रै साउदी अरबबाट फर्केका थिए । उनले बिहे गर्न चाहेका थिए तर उनको ती युवतीसँग बिहे हुन सकिरहेको थिएन जोसँग उनी बिहे गर्न चाहन्थे । उनले युवतीका पिताको खातामा ७ लाख रुपैयाँ राखिदिएको बताएका थिए । पुलिसले यसको जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *