इमरान खानकोे विश्व समुदायलाई चुनौती ‘हामी युद्धको लागि तयार छौं, सक्छौ भने भारतलाई रोक’

डिसी नेपाल
२४ साउन २०७६ १५:२१

काठमाडौं। भारतले जम्मु कश्मिरबाट धारा ३७० हटाएर विशेष राज्यको अधिकार खोसेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस विषयमा निकै कडा प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानले युद्ध नचाहेको तर भारतले युद्ध थोपरेमा कडा जवाफ दिइने बताए । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि चुनौती दिएका छन् ।

पत्रकारसँग कुराकानीपछि इमरानले एक ट्वीट गरेका थिए । ट्वीटमा उनले अन्तर्राष्ट्रिय समुदायलाई चुनौती दिँदै सोधेका छन् ‘के कश्मिरमा सम्भावित नरसंहार रोक्न अन्तर्राष्ट्रिय समुदायसँग नैतिक साहस छ ?’ उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने ‘भारत कश्मिरबाट संसारको ध्यान हटाउन पुलावामाजस्तो स्थिति सृजना गर्न सक्छ । खतरा निकै वास्तविक छ । यस्तो स्थितिमा हामीले जवाफ दिनुपर्छ । हामीले यस्तै गरी देशहरुबीच युद्ध भएको देखेका छौं ।’

इमरानका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरमा मध्यस्थताको प्रस्ताव गरेकै कारण भारतले हतार हतार धारा ३७० हटाउने निर्णय गरेको हो । इमरानले आफूले भारतसँगको सम्बन्ध सामान्य बनाउन धेरै प्रयास गरेको तर मोदी सरकारले स्थितिको फाइदा उठाएको बताए । इमरानले भने ‘उनले चुनावमा पनि पुलावामाको दोहन गरे ।’ इमरानले मोदी हिटलरको बाटो अगाडि बढेको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *