इमरान खानकोे विश्व समुदायलाई चुनौती ‘हामी युद्धको लागि तयार छौं, सक्छौ भने भारतलाई रोक’
काठमाडौं। भारतले जम्मु कश्मिरबाट धारा ३७० हटाएर विशेष राज्यको अधिकार खोसेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस विषयमा निकै कडा प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानले युद्ध नचाहेको तर भारतले युद्ध थोपरेमा कडा जवाफ दिइने बताए । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि चुनौती दिएका छन् ।
पत्रकारसँग कुराकानीपछि इमरानले एक ट्वीट गरेका थिए । ट्वीटमा उनले अन्तर्राष्ट्रिय समुदायलाई चुनौती दिँदै सोधेका छन् ‘के कश्मिरमा सम्भावित नरसंहार रोक्न अन्तर्राष्ट्रिय समुदायसँग नैतिक साहस छ ?’ उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने ‘भारत कश्मिरबाट संसारको ध्यान हटाउन पुलावामाजस्तो स्थिति सृजना गर्न सक्छ । खतरा निकै वास्तविक छ । यस्तो स्थितिमा हामीले जवाफ दिनुपर्छ । हामीले यस्तै गरी देशहरुबीच युद्ध भएको देखेका छौं ।’
इमरानका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरमा मध्यस्थताको प्रस्ताव गरेकै कारण भारतले हतार हतार धारा ३७० हटाउने निर्णय गरेको हो । इमरानले आफूले भारतसँगको सम्बन्ध सामान्य बनाउन धेरै प्रयास गरेको तर मोदी सरकारले स्थितिको फाइदा उठाएको बताए । इमरानले भने ‘उनले चुनावमा पनि पुलावामाको दोहन गरे ।’ इमरानले मोदी हिटलरको बाटो अगाडि बढेको आरोप लगाए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment