उन्नाव बलात्कार प्रकरण : पूर्व विधायकमाथि आरोप तय

डिसी नेपाल
२४ साउन २०७६ १७:०३

नयाँ दिल्ली (एजेन्सी) । भारतको उन्नाव बलात्कार प्रकरणमा मुछिएका पूर्व भाजापा विधायक कुलदीप सेंगर विरुद्ध दिल्लीको एक अदालतले आरोप तय गरेको छ । उनी विरुद्ध पोक्सो एक्ट (बलात्कार पीडित र पीडकको गोपनियता राख्ने बारेको कानुन) र आईपीसीका धाराअनुसार मुद्दा दायर गरिएको छ । यसको मतलव यो होकी उन्नाव बलात्कार मामिलामा अब कुलदीप सेंगर र अन्यका विरुद्ध दिल्लीको अदालतमा मुद्दा हुने छ ।

अदालतले सेंगरमाथि बलात्कार र आपाराधिक षडयन्त्रको अपराधमा मुद्दा दायर गरेको हो । सर्वोच्च अदालतले एक अगस्टमा यस मामिलामा सबै मुद्दा उत्तर प्रदेशबाट दिल्लीको सीबीआई अदालतमा स्थान्तरण गर्न आदेश दिएको थियो । प्रधान न्यायाधीश रंजन गोगोईको अगुवाईको इजलासले यो मामिलामा एक न्यायाधीशलाई दैनिक ४५ दिनसम्म सुनुवाई गर्नसमेत आदेश दिएको थियो ।

विधायक सेंगरमाथि बलात्कारको आरोप लगाउने पीडिता गएको जुलाई २८ मा उत्तर प्रदेशको रायबरेलीमा एक गम्भीर सडक दुर्घटनचाको शिकार बनेकी थिइन् । यो घटनामा उनका दुई नातेदारको मृत्युसमेत भएको थियो । पीडिताका परिवारले सो दुर्घटनालाई षडयन्त्र भन्दै विधायक सेंगरमाथि आरोप लगाएका थिए । सर्वोच्च अदालतले यही अगस्ट ५ मा पीडिताको राम्रो उपचार गर्न निर्देशन दिएको थियो । सर्वोच्चको निर्देशनपछि उनीहरुको दिल्लीस्थित एम्समा उपचार भइरहेको छ । पीडिताका बाबुको यसअघि नै प्रहरी हिरासतमा मृत्यु भइसकेको छ ।

हालै भाजपाले कुलदीप सेंगरलाई पार्टीबाट निस्कासित गरेको थियो । उनी बलात्कार आरोपमा जेलमा छन् । उनीमाथि एक नाबालिग युवतीलाई २०१७ मा बलात्कार गरेको आरोप लगाइएको छ । पीडिताले सेंगरले कामका लागि घरमा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् । यो मामिलामा प्रहरीले पीडितको मुद्दा दर्ता गर्न मानेको थिएन ।

त्यसपछि पीडित परिवार अदालत पुगेको थियो । विधायक सेंगरले पीडितलाई मुद्दा दता नगराउन धम्की दिएको र प्रहरी प्रशासनले सेंगरकै पक्ष लिएकोसमेत आरोप लगाएकी छन् । यहीबीचमा ३ अप्रिलमा सेंगरका भाईहरुले पीडितका बाबुमाथि कुटपिट गरेका थिए । यसपछि प्रहरीले एक आरोपमा फसायर उनलाई हिरासतमा लिएको थियो । उनको हिरासतमै मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *