जम्मूमा धारा १४४ हटाइयो, इन्टरनेट भने खुलेन

डिसी नेपाल
२४ साउन २०७६ १९:०७

नयाँ दिल्ली (एजेन्सी) । भारत प्रशासित जम्मू कश्मीरको जम्मूमा शुक्रबार धारा १४४ हटाइएको छ । भारतीय संविधानको धारा १४४ कफ्र्य आदेश हो। भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्नुपूर्व गएको आइतबार जम्मू कश्मीरमा कफ्र्यु आदेश जारी गरेको थियो। जम्मू कश्मीरमा कफ्र्यू आदेशसँग ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो।

भारतले गएको सोमबार जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेको थियो। अवस्था सामान्य बन्दै गएको भन्दै जम्मूको उधमपुर र सांबा जिल्लामा कर्फ्यू हटाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। तर। इन्टरनेट सेवा भने अझै सुचारु गरिएको छैन ।

उता कश्मीरमा भने अझै धारा १४४ जारी छ। पक्राउ परेका कश्मीरी नेताहरु अझै रिहा भएका छैनन्। जम्मू कश्मीरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मुस्लिम बहुल जम्मू कश्मीरमा मुस्लिमहरुको महान पर्व बकरईद नजिकिँदै जाँदा पनि त्यहाँको अवस्था नाजुक रहेको छ । तर, भारत सरकारले भने बकरईद शान्तिपूर्ण ढंगले मनाउने वातावरण बनाइने बताउँदै आएको छ । आगामी सोमबार बकरइद हो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *