भाकपाका महासचिब यचुरी पक्राउ
नयाँ दिल्ली (एजेन्सी) । भारतीय कम्युनिष्ट पार्टी (भाकपा)का महासचिब सिताराम यचुरी र अर्का नेता डि राजा पक्राउ परेका छन्। उनीहरुलाई भारतीय प्रहरीले जम्मू कश्मीरको श्रीनगरबाट शुक्रबार दिउँसो हिरासतमा लिएको भाकपाले जनाएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्।
यचुरी र नेता डि राजा जम्मू कश्मीरका विघटित विधानसभाका एक विरामी विधायकलाई भेट गर्न श्रीनगर पुगेका थिए। उनीहरुलाई सुरक्षाकर्मीले त्यहाँबाट नियन्त्रणमा लिएर गैरकानुनी रुपमा हिरासतमा राखेको भाकपाले जनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि कश्मीरी नेताहरु र अन्य अधिकारकर्मीहरुलाई पनि हिरासतमा लिएको छ। यसअघि बिहीबार काँग्रेसका आईका नेता गुलाव नवी आजादलाई पनि श्रीनगरमा प्रहरीले रोकेको थियो।
जम्मू कश्मीरमा हाल धारा १४४ अथवा आपतकाल लगाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जम्मू कश्मीरमा डरको माहोल बनेको छ । तर, भारतले सरकारले भने अवस्था सुधार आएको भन्दै जम्मूमा कर्फ्यू हटाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment