भारतसँगको यातायात सम्बन्ध पनि तोड्यो पाकिस्तानले

डिसी नेपाल
२४ साउन २०७६ २२:२१

इस्लामावाद (एजेन्सी)। जम्मू कश्मीर मामिलामा भारतले एकतर्फी रुपमा विवादास्पद निर्णय गर्दै विशेषाधिकार खोसेपछि भारत र पाकिस्तानबीच तनाव झन चर्किएको छ।

भारत र पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरलाई भारतले विशेषाधिकारबाट खलगमात्र गरेन जम्मू कश्मीर र लद्दाख दुई प्रदेशसमासमेत विभाजन गरिदिएको छ। सो विभाजन सम्बन्धि विधेयक शुक्रबार भारतीय राष्ट्रपति रामनाथ कोविदले प्रमाणीकरणसमेत गरेका छन्।

भारतको एकतर्फी यस्तो निर्णयपछि पाकिस्तानले कडा कदम चालेको छ। उसले भारतसँगको सम्बन्धमा समिक्षा गरिने भन्दै पहिला कुटनीति सम्बन्धमा कटौती गर्यो भने यातायात सम्बन्ध पनि तोडेको छ ।

पाकिस्तानले शुक्रबार पाकिस्तानको लाहोरबाट भारतको दिल्लीका लागि छुट्ने बस सेवा बन्द गरिदिएको छ । यसअघि बिहीबार भारतले अटारी बाघा सीमा क्षेत्रमा क्रस बोर्डर चल्ने रेल सेवा सम्झौता एक्सप्रेस पनि बन्द गरिदिएको थियो । यतिमात्र होइन पाकिस्तानले भारतसँगको व्यापारिक सम्बन्ध पनि तोडिदिएको छ।

उता पाकिस्तानले यो मामिलालाई अन्तर्राष्टियकरण गरिनेसमेत चेतावनी दिएको छ। यो विषयमा राष्ट्रसंघले पनि शुक्रबार आफ्नो प्रतिक्रिया दिएको छ। उसले कुनै राष्ट्रको पक्ष नलिएर शान्तिपूर्णरुपमा समस्या समधान गर्न भनेको छ । उसले शिमला सम्झौताअनुसार अगाडि बढ्न समेत भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *