हजका लागि बीस लाख मुस्लिम भेला

डिसी नेपाल
२४ साउन २०७६ २२:४१

मक्का (रासस/एएफपी) । बार्षिक हजका लागि शुक्रबार २० लाख भन्दा बढी मुस्लिम धर्माबलम्बीहरु साउदी अरबको मक्कामा भेला भएका छन् ।

हजका लागि हुने भेला विश्वमै ठूला धार्मिक भेलामध्ये पर्छ । हजका लागि मक्कामा आउनुलाई मुस्लिम धर्माबलम्बीहरुले जीवनमा एक पटक गर्नै पर्ने कर्मका रूपमा लिन्छन् ।

साउदी अरबको पश्चिमी क्षेत्रमा पर्ने मक्कामा हजका लागि मुस्लिम धर्मावलम्बीहरूको पाँच दिने मेला लाग्ने गरेको छ ।

“हजका लागि आएका तिर्थयात्रीहरूलाई सहयोग गर्न हामीले राज्यका सवै सुरक्षाकर्मीहरूलाई तीर्थस्थलमा खटाएका छौँ, भगवानका अतिथिलाई स्वागत गर्न पाउँदा हामी खुशी छौँ,” सुरक्षा निकायका एक जना प्रवक्ता बास्साम अट्टियाले भने।

हजका लागि आएका २५ लाखमध्ये अधिकांश साउदी अरबबाहिरका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

“हजका लागि आउने १८ लाख भन्दा बढी तिर्थयात्रीको प्रवेश अनुमतिपत्र जारी गरिएको छ, यो सहभागीताले हाम्रो सफलता देखाउँछ,” हज मन्त्रालयका एक अधिकारीको भनाई छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *