पहिरोमा परी म्यानमारमा १३ को मृत्यु

डिसी नेपाल
२५ साउन २०७६ ६:११

याङ्गुन । अत्यधिक बषापछि गएकोे पहिरोका कारण म्यानमारमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। त्यसैगरी अरु दशौँ हजार नागरिक बाढी र पहिरोका कारण आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ।

पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाएप्या कोने गाउँको १६ घरलाई शुक्रबार बिहानै क्षति पुर्याएको जिल्ला प्रशासक म्यो मिन तुनले एएफपीलाई जानकारी दिए । “मृत अवस्थामा १३ जना भेटिएका छन्, अरु २७ जना घाइते भएकाले अस्पतालमा भर्ना गरिएको छ,” उनले भने।

उनका अनुसार घाइतेहरूलाई मोन राज्यको राजधानी मावलम्यीनेमा रहेको अस्पतालमा उपचार गराइएको हो। उद्धारकर्ताहरूको टोलीले बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गरिरहेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *