असोज १० मा आउने भो ‘रातो टीका निधारमा’

डिसी नेपाल
२५ साउन २०७६ ९:१५

काठमाडौं। अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्र ‘रातो टीका निधारमा’ले प्रदर्शन मिति तोकेको छ।

बुधबार सार्वजनिक चलचित्रको गीतमा प्रदर्शन मिति दशैं मात्र उल्लेख गरिएपनि शर्माले बिहीबार साँझ फेसबुकमार्फत प्रदर्शन मिति तोकेका हुन्। उनले असोज १० गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिएका छन्।

किरण शर्मा, कृति शर्मा निर्माताका रुपमा रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्माको मुख्य भूमिका छ। अंकित निर्देशक अशोकका छोरा हुन्।

साम्राज्ञी र अंकितका साथमा चलचित्रमा बुद्धि तामाङ्ग, रविन्द्र झा, शिवहरी पौडेल, नीता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धारा भुषाल, जयनन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायतको अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *