भारतका पूर्वमन्त्री जेटली सिकिस्त, आईसियूमा उपचार हुँदै

डिसी नेपाल
२५ साउन २०७६ ११:४६

काठमाडौँ । भारतका पूर्वमन्त्री तथा भाजपाका वरिष्ठ नेता अरुण जेटली सिकिस्त भएका छन् । श्वास प्रस्वासमा समस्या आएपछि जेटलीलाई शुक्रबार बिहान ११ बजे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को आईसियू कक्षमा भर्ना गरिएको हो ।

हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जेटली अस्पताल भर्ना भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन उनलाई भेट्न अस्पताल पुगेका थिए । मोदी नेतृत्वको पहिलो सरकारमा वित्त मन्त्री ६६ वर्षीय जेट्लीले यसअघि मृगौला प्रत्यारोपण गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *