पिताले जगुआर कार नदिएपछि बिएमडब्लु कार नदीमा डुबाइदिए, भिडियो टिकटकमा हाले

डिसी नेपाल
२५ साउन २०७६ ११:२३

एजेन्सी। भारतको हरियाणाको यमुनानगरमा एक धनाढ्य पिताका छोराको कर्तुत चर्चाको विषय बनेको छ । ती छोराले पितासँग जगुआर कार मागेका थिए । तर, पिताले नदिएपछि उनले आफ्नो बिएमडब्लु कार लिएर गएर नदीमा डुबाइदिए । यतिमात्र होइन उनले कार डुबाएको भिडियो खिचेर टिकटकमा पनि पोस्ट गरिदिए ।

आज तकको समाचारअनुसार घटना यमुनानगर जिल्लाको मुकारमपुरको हो । यहाँका आकाश नामका ती युवकले बिएमडब्लु कार नदीमा डुबाइदिए । बताइएअनुसार आकाश निकै निद्दी छन् । उनले आफ्ना पितासँग जगुआर कार मागेका थिए । तर, उनका पिताले कार किनिदिन अस्वीकार गरे किनकि आकाशसँग बिएमडब्लु कार पहिल्यै थियो । त्यसपछि रिसाएका उनले आफ्नो कार लिएर गएर नदीमा डुबाइदिए ।

पहिले कार बग्दै केही परसम्म पुग्यो त्यसपछि डुब्यो । उनले घटनाको भिडियो बनाएर टिकटकमा हालिदिए । सूचना पाउनासाथ पुलिस घटनास्थलमा पुग्यो । डिएसपी डेशराजका अनुसार आरोपी युवकलाई गिरफ्तार गरिएको छ । उनका अनुसार आकाशले निषेधाज्ञाको उल्लंघन गरेका छन् । सोधपुछ र जाँच चलिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार जतिबेला कार नदीमा बडिरहेको थियो त्यतिबेला कारको वाइपर र इण्डिकेटर चलिरहेका थिए । नजिक गएर हेर्दा कारमा सवार व्यक्ति भित्रबाट निस्किसकेको थियो । पुलिस र उद्धार दलले निकै परिश्रम गरेर कारलाई नदीबाट बाहिर निकाले । यसका लागि मोटरबोट र बलिया डोेरी प्रयोग गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *