४ स्टार होटलमा विदेशी युवतीसँग मित्रता, समुद्र किनारमा बलात्कार

डिसी नेपाल
२५ साउन २०७६ ११:४७

एजेन्सी। एक रिसोर्ट टाउनमा विदा मनाइरहेकी युवतीले आरोप लगाएकी छिन् कि उनलाई समुद्र किनारमा बलात्कार गरियो । बेलायती युवतीले भनेकी छिन् कि फ्रेन्च नागरिकले उनलाई बलात्कार गरेका हुन् । ८ अगष्टको यो घटना स्पेनको मजोरका टापुको महालुफ शहरको हो । युवतीका अनुसार ती व्यक्तिले बलात्कारको विरोध गरेमा समुद्रमा डुबाएर मारिदिने धम्की दिएका थिए ।

पुलिसले आरोपी फ्रेन्च नागरिकलाई पक्राउ गरेको छ । स्थानीय मिडियाका अनुसार ती आरोपीले घटनाको भिडियो बनाएका थिए र त्यसलाई स्न्यापच्याटमा पोट गरेका थिए । तर पछि पुलिसको सोधपुछमा उनले भिडियो नबनाएको दावी गरे । उनले युवतीसँग सहमतिमै सम्बन्ध भएको समेत दावी गरेका छन् ।

आरोपी युवक र युवती एउटै होटलमा बसेका थिए । यी दुईले पहिलेदेखि नै एक अर्कालाई चिनेको समेत बताइएको छ । मजोरका आइल्याण्डको पत्रिका अल्टिमा होराका अनुसार बुधबारको रात साथमा बिताएपछि यी दुईबीच सहमतिमै सम्बनध बनेको थियो । तर, डेलीमेलको रिपोर्टमा भने जाच्मा संलग्न अधिकारीको हवाला दिँदै युवती केही सामान किन्न ती युवकसँग गएको र पछि उनलाई बलात्कार गरिएको तर युवतीले यसको लागि सहमति नदिएको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *