भरुवा बन्दुकसहित पक्राउ

डिसी नेपाल
२५ साउन २०७६ १२:४८

भद्रपुर। झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। वनभित्र रहेका वन्यजन्तुको शिकार गर्न राई बन्दुक लिएर गएको हुनसक्ने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *