उप–प्रधानमन्त्रीदेखि दीपाश्रीसम्मले हेरे प्रथम अभिनेत्रीको फिल्म

डिसी नेपाल
२५ साउन २०७६ १३:२२

काठमाडौं। नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दको निर्माण रहेको फिल्म ‘साईनो’को शुक्रबार राजधानीमा विशेष शो आयोजना गरिएको छ। कुमारी हलमा गरिएको विशेष शोमा मन्त्रीदेखि कलाकार, सञ्चारकर्मीहरुले फिल्म हेरेका छन्।

भुवन थापा चन्दको आग्रहमा हल पुगेका उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘साईनो’ सामाजिक समस्यामा केन्द्रित राम्रो चलचित्र बनेको बताए। ‘फिल्म हेर्न मन लागेपनि त्यति अवसर पाइँदैन् । आज भुवन दिदीले विशेष आग्रह गरेपछि नआउन सकिन्’ उनले भने –‘सामाजिक समस्यामा केन्द्रित रहेर एउटा राम्रो फिल्म बनेको छ। समाजमा देखा परेका अन्य विविध समस्याका पक्षलाई पनि उठान गर्नुहोला । म शुभकामना दिन्छु।’

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले ‘साईनो’लाई एउटा अग्र्यानिक फिल्म बनेको बताए। उनले भने, –‘फिल्म उठाएको विषयवस्तु आफैमा राम्रो छ। समग्रमा यसलाई एउटा राम्रो अर्गानिक फिल्म भन्न सकिन्छ।’

त्यस्तै निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सबै कलाकारहरुको काम राम्रो रहेको बताईन्।

निर्माता तथा कलाकार नवल खड्काले पनि सामाजिक विषयवस्तुमा राम्रो फिल्म बनेको बताए।

फिल्मकी प्रस्तुतकर्ता भुवन थापा चन्दले आफूले विशुद्ध नेपाली फिल्म बनाएको बताइन्। ‘सामाजिक विषयवस्तुमा सबै जना बसेर हेर्न मिल्ने पारिवारिक फिल्म बनाएकी छु। सबैले रुचाउनुहुनेछ भन्ने अपेक्षा लिएकी छु’–भुवनले भनिन्।

निर्देशक रमेश थापाले फिल्म निर्माणमा लामो समयको मेहनत लागेको बताउँदै आफू त्यसमा सफल रहेको बताए।

विशेष शोमा कलाकार मिरुना मगर, राजकुमार, रोयदीप श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, श्याम राई लगायतले फिल्म हेरेका थिए। फिल्म शुक्रबारबाटै प्रदर्शनमा आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *