आफ्नै बहिनीको ग्राहक बनेर दाजु पुगेपछि …

डिसी नेपाल
२५ साउन २०७६ १३:३३

काठमाडौं। राम्रो कामको चाहनामा एक व्यक्तिको जालमा फसेर एक युवती दिल्लीको जीबी रोडमा रहेको एउटा कोठीमा बेचिन पुगिन् । युवतीलाई एक व्यक्तिले फकाइ फुल्याइ दिल्ली पुर्याए र कोठीमा बेचिदिए । त्यहाँ उनलाई जबरजस्ती देश व्यापारमा संलग्न गराइयो ।

यसको जानकारी पाएपछि युवतीका दाजु पहिले ग्राहक बनेर कोठीमा पुगे । त्यहाँ उनले सबै माहोल बुझे र बहिनीलाई आश्वस्त बनाए । त्यहाँबाट निस्किएर उनले दिल्ली महिला आयोग र सम्बन्धित थाना पुलिसमा गएर यसबारे सबै कुरा बताए । उजुरीपछि दिल्ली महिला आयोग र पुलिसले छापा मारेर युवतीलाई मुक्त गराए । पुलिसले कोठी संचालिकालाई पक्राउ गरेको छ ।

अमर उजालाको समाचार अनुसार यी युवती मूल रुपले पश्चिम बंगालकी हुन् । उनी नामी कम्पनीमा नेटवर्किङ व्यवसायको काम गर्थिन् । यी युवतीलाई ती दलालले गएको ८ जूनमा अझै राम्रो काम दिलाउने आश्वासन दिएर दिल्ली ल्याएका थिए । दिल्ली ल्याएपछि उनले युवतीलाई जीबी रोडको कोठीमा बेचिदिएका थिए । युवतीका दाजुले यसबारे थाहा पाएर सबै जाँचबुझ गरेपछि ८ अगष्टमा दिल्ली महिला आयोगमा उजुरी गर्न पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *