मुम्बइ आक्रमण गर्ने आतंकवादी अजमल कसाबलाई जिउँदै पक्रने प्रहरी निलम्बित

डिसी नेपाल
२५ साउन २०७६ १४:०४

काठमाडौं। भारतको मुम्बइमा ठूलो आतंकवादी आक्रमण गर्ने आतंकवादी अजमल कसाबलाई जिउँदै पक्राउ गर्ने पुलिस अफिसरमध्येका एक इन्स्पेक्टर संजय गोविलकर र अर्का इन्स्पेक्टर जितेन्द्र सिंगोटलाई मुम्बइ पुलिस आयुक्तले निलम्बन गरेका छन् । यी दुईलाई दाउद इब्राइमको ग्याङका अपराधी सोहेल भामलालाई छोडिदिएको आरोपमा निलम्बन गरिएको हो ।

सोहेलविरुद्ध लुकआउट नोटिस जारी भएको थियो र उनलाई दुबइबाट मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलमा आएका बेला गिरफ्तार गरिएको थियो । यी दुई अफिसरले पुरानो एक मुद्दामा सोहेललाई पक्राउ गरे र पुलिस स्टेशन लिएर गए । तर, सोधपुछपछि उनीहरुले सोहेललाई छोडिदिए । त्यसपछि सोहेल फेरि भाग्न सफल भए । काममा लापरवाहीको जानकारी प्राप्त भएपछि पुलिस आयुक्त संजय बर्बेले दुवैलाई निलम्बन गरेर जाँचको आदेश दिएका छन् ।

इन्स्पेक्टर संजय गोविलकर मुम्बइमा आतंकवादी आक्रमण हुने बेला गिरगांव चौपाटीमा कन्स्टेबल तुकाराम ओम्बलेसँग थिए । तुकारामको सोही आतंकवादी आक्रमणमा मृत्यु भइसकेको छ । त्यही बाटो आएका कसाब र इस्माइललाई रोकेर उनीहरुले पक्राउ गर्न खोज्दा उनीहरुले गोली चलाएपछि तुकारामको मृत्यु भयो । गोविलकरले इस्माइललाई गोली हानेर मारिदिए र कसाबलाई पक्राउ गरेका थिए । यो बहादुरीको लागि गोविलकरलाई राष्ट्रपति पुलिस पुरस्कार पनि दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *