रुख काटेको देख्दा डाँको छोडेर रुने को हुन् यी बालिका ? मुख्यमन्त्रीले बनाए सद्भावना दूत

डिसी नेपाल
२५ साउन २०७६ १५:१९

काठमाडौं। केही दिनअघि रोइरहेकी एक बालिकाको फोटो र भिडियो भाइरल भयो । ती बालिका रुख काटेको देखेपछि त्यसरी रोएकी थिइन् । भारतको मणिपुर राज्यकी यी बालिकालाई अहिले त्यहाँका मुख्यमन्त्री एन बीरेन सिंहले ‘मुख्यमन्त्री ग्रीन मणिपुर मिशन’को सद्भावना दूत बनाएका छन् । ९ वर्षकी एलंगबाम भेलेन्टिना देवी नामकी यी बालिका मणिपुरको काकचिंग जिल्लामा सडक विरुतार गर्ने क्रममा रुख काटिएको देखेपछि रोएकी थिइन् । काटिएका रुखमध्ये केही एलंगबाम आफैंले रोपेका रुख पनि थिए ।

मुम्यमन्त्री सिंहले एलंगबाम अन्य नागरिकका लागि उदाहरण बन्न सक्ने भन्दै उनको भावनाको सम्मानस्वरुप उनलाई सद्भावना दूत बनाएको बताएका छन् । मुख्यमन्त्रीले बिहीबार मिडियासँग भने ‘मैले बालिकाको भिडियो देखेपछि काकचिंग पुलिस अधिक्षकलाई बालिकाको घरमा गएर उनलाई सान्त्वना दिन र उनलाई केही बिरुवा दिन भनें । त्यपछि एसपीले केही पुलिस अधिकारीसँग बालिकाको घरमा गएर भेटेर फर्केका छन् । म पनि दिल्लीबाट मणिपुर फर्केपछि बालिकासँग भेट्नेछु ।’

स्थानीयका अनुसार एलंगबाम एक कक्षामा हुँदा उनले दुई गुलमोहरका बिरुवा लगाएकी थिइन् । ४ वर्षमा यी बिरुवा रुख बनेका थिए । अहिले एलंगबाम ५ कक्षामा पढ्छिन् । उनी स्कुलबाट फर्कंदा उनले रोपेका बिरुवा काटिएका थिए । यो देखेपनि उनी निकै बेरसम्म रुँदै बसेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *