होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा खड्का

डिसी नेपाल
२५ साउन २०७६ २२:२८

डडेल्धुरा । होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा दीपक बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।

शनिवार डडेल्धुरामा भएको एक भेलाले खड्कालाई आगामी ३ वर्षसम्मका अध्यक्षमा निर्वाचित गरेको हो।

होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष पदमराज अवस्थीको प्रमुख आथित्यमा सञ्चालन भएको एक भेलामा खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो।

कार्यसमिति उपाध्यक्षमा नरेन्द्रबहादुर शाही, सचिवमा रमेश प्रसाद जोशी, कोषाध्यक्षमा धनादेबि चोखाललाई निर्विरोध निर्वाचित गरेको हो।

त्यस्तै कार्यसमिति सदस्यहरुमा यज्ञराज बोहरा, दीपक रावल, देब बहादुर खड्का, बासुदेब भट्ट, देब सिं महरा, ईश्वरी जोशी, कृष्णबहादुर बाँनिया, भगत बहादुर थापा, धनी थापा र सीतादेबि चौधरी निर्वाचित भएका छन्।

अहिले सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा जिल्ला समिति र अन्य कैलालीको गोदावरी, टिकापुर र डडेल्धुरा जोगबुडा गरी १२ वटा होटल व्यवसायी महासंघका शाखाहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *