बहुप्रतिक्षित चलचित्र ‘साहो’को ट्रेलर सार्वजनिक, प्रभासको खतरनाक एक्सन अवतार

डिसी नेपाल
२६ साउन २०७६ ६:०७

एजेँसी । प्रभास र श्रद्धा कपुर अभिनित बहुप्रतिक्षित फिल्म ‘साहो’ ट्रेलर सार्वजनिक भएको छ। शनिबार साँझ सार्वजनिक ट्रेलरमा प्रभासलाई खतरनाक एक्सन अवतारमा देख्न पाइन्छ।

बहुचर्चित फिल्म बाहुबलीपछि प्रभासले खेलेको यो पहिलो फिल्म हो। ट्रेलरमा प्रभास र श्रद्धा दुवै जना पुलिसको भूमिका निभाएका छन्। फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, महेश मांजरेकर र नील नितिन मुकेश खलनायकको भूमिकामा छन्। यो फिल्म अगस्ट ३० मा रिलिज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *