कुनै पनि कामको अधुरो ज्ञान हाम्रो लागि खतरनाक हुन्छ

डिसी नेपाल
२६ साउन २०७६ ८:३२

काठमाडौं। कुनै पनि काममा सफलता प्राप्त गर्नुछ भने त्यो कामसँग जोडिएका विषयमा हामीलाई पूरा ज्ञान हुन आवश्यक छ, त्यसो भएमात्र हामीले काममा सफलता प्राप्त गर्न सक्छौं। यदि अधुरो ज्ञानसँग हामीले कुनै पनि काम सुरु गर्यौं भने हामीलाई नोक्सान पनि हुन सक्छ।
महाभारतको एउटा प्रसंगमा अधुरो ज्ञान कति खतरनाक हुन्छ भन्ने कुरा बताइएको छ।

महाभारत युद्धपछिको एउटा प्रसंग छ। दुर्योधनको मृत्यु भन्दा पहिला अश्वत्थामालाई कौरव सेनाको अन्तिम सेनापछि नियुक्त गरियो। अश्वत्थामाले पाण्डका पाँच पत्र धृष्टधुम्र, शिखण्डीसहित कयौं योद्धालाई एक्लै मारिदिए। त्यति गरेपनि उनको रिस शान्त भएको थिएन। अर्जुन र अश्वत्थामाबीच भयंकर युद्ध भयो।

यी दुवैका गुरु द्रोणाचार्य थिए। सबै शस्त्र चलाउन यी दुवै जना निपुर्ण थिए। युद्ध निकै भयानक हुँदै जाँदै थियो। अश्वत्थामाले अर्जुनमाथि ब्रम्शास्त्र चलाए। जवाफमा अर्जुनले पनि अश्वत्थामा माथि ब्रम्हाश्त्र छोडे। दुवैको अस्त्रले पूरै धर्ती र मावन जातिको विनाश हुने थियो।

यस्तो देखेपछि वेदव्यास बीचमा आए र उनले दुवैको ब्रम्हास्त्रलाई रोकिदिए। अनि अर्जुन र अश्वत्थामालाई निकै सम्झाए। दुवैलाई आ–आफ्नो ब्रम्हास्त्र फिर्ता लिन भने। अर्जुनले वेद ब्यासको आज्ञाको पालन गर्दै आफ्नो ब्रम्हास्त्र फिर्ता लिए, तर अश्वत्थामाले मानेनन्। वेद व्यासले अश्वत्थामालाई ब्रम्हास्त्र फिर्ता किन फिर्ता नलिएको भनेर सोधे।

जवाफमा अश्वत्थामाले आफूलाई ब्रम्हास्त्र फिर्ता लिने ज्ञान नभएको बताए। यस्तो सुनेपछि वेद व्यास क्रोधित भए भने तिमीलाई जुन विद्याको पूरा ज्ञान छैन, त्यो विद्याको उपयोग किन गर्यौ? भनेर सोधे। यो पूरा सृष्टिका लागि खतरा हो भनेर अश्वत्थामालाई श्राप दिए।

यो प्रसंगबाट के शिक्षा पाइन्छ भने विद्या कुनै पनि होस् हामीलाई त्यसको पूर्ण ज्ञान हुन आवश्यक छ। यदि हामीले विद्या हासिल गर्न थोरैमात्र पनि गल्ती गर्यौ भने त्यसको घातक परिणाम भोग्न तयारी हुनुपर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *