अक्टोपससँग फोटो खिचाउँदै थिइन् महिला, त्यसपछि जे भयो…

डिसी नेपाल
२६ साउन २०७६ १०:५३

काठमाडौं। एउटा चकित पार्ने समाचार सार्वजनिक भएको छ। एक जना महिला एउटा प्रतिगोगितामा भाग लिनका लागि अक्टोपससँग फोटो खिचाइरहेकी थिइन्। फोटो खिचाउने क्रममा जे भयो त्यसले महिलालाई अस्पतालमा पुर्याएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो घटना अमेरिकाको वाशिंटनमा भएको हो। घटना अनुसार एक महिला एटउा प्रतियोगिताका लागि फोटो शुट गराइरहेकी थिइन्। ४५ वर्षीया जेमी बिसेग्लिया ट्याकोमा न्यारोज पुल नजिकै फिशिंग डर्बीमा सहभागी भएकी थिइन्। त्यहाँ केही मानिसले अक्टोपशलाई समाएका थिए। उनले उक्त अक्टोपशलाई डिनर बनाउने भनेर मागिन्।

योसँगै जेमीले एक व्यक्तिसँग अक्टोपससँग आफ्नो फोटो खिचिदिन आग्रह गरिन्। उक्त तस्वीरलाई जेनीले फोटोग्राफी प्रतियोगितमा पठाउने बताइन्। जेमीका अनुसार त्यतिबेलासम्म त्यो अक्टोपस निकै नरम थियो। त्यस्तो नरम अक्टोपसले क्षति पुर्याउने अनुमान थिएन। त्यसका कारण फोटो खिचाउनलाई जेमीले अक्टोपसलाई आफ्नो अनुहारमा राखिन्।

जेमीका अनुसार अक्टोपस जेमीको अनुहारमा हिँड्न थाल्यो। पछि अक्टोपसले जेमीको अनुहारमा टोक्यो। असैह्य दुखाइ पछि जेमीको अनुहारबाट रगत बग्न थाल्यो।

अक्टोपसले टोकेपछि जेमी दुई दिनसम्म अस्पतालमा भर्ना हुनुपर्यो। जेमीले त्यसको एक दिनपछि डर्बी फिसिङ पूरा गर्नु थियो। दुई दिनपछि जेमीको अनुहार झन सुन्नियो। अक्टोपसको आक्रमणको असर जेमीको अनुहारमा देखिन थालेको थियो। उनलाई खाना खानसमेत समस्या भइरहेको थियो। यद्यपी औषधि सेवन गरेपछि उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *