एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार !

डिसी नेपाल
२६ साउन २०७६ १०:५९

एजेन्सी । प्रविधिको सबैभन्दा ठूलो कम्पनि एप्पलले आफ्ना कुनै पनि उत्पादनमा कुनै कमजोरी पत्ता लगाएमा एक मिलियन अमेरिकन डलर अर्थात करिब १० करोड रुपैयाँ दिने घोषणा गरेको छ। आफ्नो फोन, ल्यापटप तथा अन्य सामाग्रीका लागि कुनै पनि कम्पनिले घोषणा गर्ने रकम भन्दा यो कैयौं गुणा धेरै रकम हो।

यो भन्दा पहिला एप्पलले उक्त अफर फोन र आफ्नो क्लाउड ब्याकअप्समा कमजोरी पत्ता लागथउनको लागि आमन्त्रित रिसर्चर्सलाई मात्र प्रदान गथ्र्यो। तर बिहिबार एप्पलले लस भेगसमा भएको ब्ल्याक ह्याट सेक्युरिटी कन्फ्रेन्समा यो अफर सबैको लागि खुला गरेको छ।

उक्त अफर खुला भएपछि कुनै पनि ब्यक्तिले आफूँले प्रयोग गरिहेको कुनैपनि एप्पलको सामाग्रीमा कमजोरी भेटिएमा एक मिलियन डलरसम्मको पुरस्कार रकम जित्न सक्नेछन्। यो पुरस्कार iPhone kernel को रिमोट एक्सेसमा अप्लाई हुनेछ। जसमा प्रयोगकर्ताको कुनै पनि एक्सन समावेश नभएको हुनुपर्नेछ।

यो भन्दा पहिला एप्पलले दिएको सबैभन्दा ठूलो रकम २ लाख डलरको थियो। उक्त रकम फ्रेन्डली बग्स(कमजोरी)को रिपोर्टका लागि दिएको थियो। एप्पलले आफ्नो रिसर्चलाई सजिलो बनाउनको लागि धेरै प्रक्रिया चाल्ने गर्दछ। यो पनि ती प्रक्रिया मध्येकै एकको रुपमा लिइएको छ।




प्रतिक्रिया

One thought on “एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार !

  1. 1. Overheat in video call
    2. Photo not opening after few month or
    Year
    3. Battery problem after 1 year

Leave a Reply

Your email address will not be published. Required fields are marked *