एनआरएनए कतार प्रथम उपाध्यक्षमा उत्तम गुरुङको दौडधुप

डिसी नेपाल
२६ साउन २०७६ ११:५५

दाेहा। गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्।

यही क्रममा एनआरएनए कतारले पनि आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा गर्ने भएको छ ।

चुनावी सरगर्मी बढेसँगै एनसीसी कतारको विभिन्न पदका लागि आकांक्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

यसै क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको आगामी कार्यकाल २०१९–०२१ को  लागि प्र्रथम उपाध्यक्षमा युवा व्यवसायी उत्तम गुरुङ पनि चुनावी मैदानमा उत्रिएका छन् । हाल उनी एनआरएनए कतारको कोषाध्यक्षको जिम्मेवारीमा छन् ।

विगत लामो समयदेखि कतारलाई आफ्नो कर्मथलो बनाएका गुरुङ कतारमा एक सफल नेपाली युवा व्यवसायी मानिन्छन्। एनआरएनए कतार बिभिन्न समयमा चरम आर्थिक घोटालामा तानिए पनि आफू कोषाध्यक्षमा रहँदा कुनै किसिमको गुनासो सुन्नमा नआएकोले केहिहदसम्म आफ्नो जिम्मेवारीमा सफल रहेको गुरुङको दावी छ ।

‘मेरो विगतको कार्यअनुभव तथा सामाजिक काम गर्न परिवार र समयले साथ दिएकाले पनि यसपटक मैले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’–गुरुङ भन्छन, ‘चुनावी एजेण्डाका बुँदाहरू थुपारेरमात्र भन्दा पनि कतारमा रहेका श्रमिकका समस्यामा बढी केन्द्रित हुनेछु ।’ उनले डिसीनेपालसँग भने– ‘यति भन्न सक्छु मैले आफ्‍नो पदमा रहेर न्यायोचित कार्यसम्पादन गर्दै सबै अट्न सक्ने मजदुरमैत्री एनआरएनए बनाउनेछु ।’

गुरुङले आगामी कार्यकालको लागि अगाडि सारेका एजेन्डाहरूमा कतारबाट प्राप्त ज्ञान, सीप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, कतारी पर्यटक नेपाल पठाउने, नेपाली कला संस्कृतिलाई प्रवासमा जगेर्ना गर्ने जस्ता विषय पनि प्राथामिकतामा रहने बताए ।

गुरुङ कतारमा रहेका अधिकांश संघसंस्था, सदस्य र अग्रजको साथ रहेको भन्दै आफू आउने चुनावमा विजयी हुने दावी गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *