गुरुले भने–तिमीसँग अब धेरै समय छैन, एक हप्तामा तिम्रो मृत्यु हुन्छ

डिसी नेपाल
२७ साउन २०७६ ८:३२

काठमाडौं। सन्त तुकारामको जीवनसँग सम्बन्धित कयौं यस्तो प्रसंग छन्, जसमा सुखी र सफल जीवन बिताउने सुत्र लुकेका छन्। जसले यी सुत्रलाई आफ्नो जीवनमा उतार्छ, उनीहरुको जीवनका कयौं समस्या समाधान हुन्छन्। आज हामी सन्त तुकाराम र उनका रिसाहा शिष्यको प्रसंगका विषयमा जानकारी दिन गइरहेका छौं। जसमा रिसलाई कसरी शान्त बनाउन सकिन्छ भनेर उल्लेख गरिएको छ।

एक प्रसंगका अनुसार सन्त तुकारामका धेरै शिष्य थिए। ती मध्ये एक जना निकै रिसाहा स्वभावका थिए। उनलाई प्रत्येक कुरामा रिस मात्र उठ्थ्यो। एक दिन उनले आफ्नो गुरुलाई भने–गुरुजी! हजुर सधैं शान्त रहनुहुन्छ। कसैमाथि पनि रिस गर्नुहुन्न। म पनि तपाइँ जस्तै बन्न चाहन्छु। कृपया मलाइ शान्त हुने बाटो बताउनुस्।’

सन्त तुकारामले भने –अब तिम्रो स्वभाव परिवर्तन गर्न मुश्किल हुन्छ। किनभने तिमीसँग अब धेरै समय छैन। अबको एक हप्तामा तिम्रो मृत्यु हुन्छ।’

गुरुको यस्तो कुरा सुनेर उनी निकै उदास भए। उनलाई आफ्नो गुरुको वाणीमा भरोसा थियो। त्यही कारण उनले यो कुरालाई पनि विश्वास गरे। त्यो दिनदेखि उनको स्वभाव एकदम परिवर्तन भयो। उनले कसैसँग पनि रिसाएर व्यवहार गरेनन् बरु सबैसँग प्रेमपूर्वक कुरा गर्न थाले।

उनले के सोचे भने केही दिन त बाँच्ने हो के रिस गर्नु, सबैसँग प्रेम पूर्वक बस्ने नै बुद्धिमानी भएको ठाने। उनी पूजा पाठ गर्न थाले। उनले जो मानिससँग नराम्रो व्यवहार गरेका थिए, तीसँग क्षमा माग्न थाले।

यसैगरी एक हप्ता पूरा हुन थाल्यो। अन्तिम अवस्थमा गुरुको पनि आर्शीवाद लिनुपर्ने उनले सोचे। शिष्य गुरु भएको ठाउँमा पुग्ने वित्तिकै सन्त तुकारामले उनलाई सोधे–तिम्रो एक हप्ता कसरी बित्यो? के तिमीले कसैमाथि रिस गर्यौ?’

शिष्यले जवाफ दिए–कसैमाथि रिस गरिन गुरुजी ! यो हप्ता मैले सबैसँग प्रेमपूर्वक व्यवहार गरेँ। मसँग समय कम छ, त्यसो हुनाले मैले सबैसँग राम्रो व्यवहार गरिरहेको छ। मैले जो मानिसको चित्त दुखाएको थिएँ, उनीहरुसँग पनि माफी मागेँ।’

सन्त तुकारमाले भने यही राम्रो स्वाभाव बनाउने बाटो हो। जब मलाइ थाहा छ, मृत्यु कुनै पनि पल आउन सक्छ, त्यही भएर म सबैसँग प्रेमपूर्वक व्यवहार गर्छु। कसैप्रति रिस गर्दिन। शिष्यले बुझे की आफूलाई सिकाउनलाई गुरुले मृत्युको भय देखाएका रहेछन्। त्यो दिनपछि शिष्यको व्यावहार पूरै परिवर्तन भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *