प्रहरी बने ‘भगवान हनुमान’, बालिकालाई काँधमा राखेर बाढीबाट निकाले (भिडियाे)

डिसी नेपाल
२७ साउन २०७६ ९:४६

एजेन्सी। तपाइँ कम्मरसम्मको पानीमा डुब्नु भएको छ। बाहिर निस्किने कुनै बाटो छैन। यस्तो अवस्थामा त्यहाँ कोही आएर डुबेको अवस्थाबाट बाहिर निकाल्यो भने त्यो व्यक्ति कुनै भगवान भन्दा कम हुुँदैन।

यस्तै घटना भारतको गुजरातको अहमदावादमा भएको छ। त्यहाँ बाढीमा फसेकी दुई बालिकाका लागि प्रहरी भगवान बनेर आएर उनीहरुलाई बचाए। प्रहरीको साहसिक यो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ।

यतिबेला भारतका विभिन्न राज्यमा भारी वर्षा भइरहेको छ। बाढीबाट गुजरात राज्य पनि प्रभावित भएको छ। गुजरातका विभिन्न भाग जलमग्न भएका छन्। सबैजसो बाटो बन्द छन्। बाढीमा फसेका सर्वसाधारणलाई सहयोग गर्न सेना, एनडीआरफ र प्रहरी राहत तथा उद्धारमा सक्रिय छन्।

यही अवस्थाका दुई बालिकाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। भाइरल भिडियोमा एक जना प्रहरीले बाढीमा फसेका दुई जना बालिकालाई आफ्नो काँधमा राखेर बाहिर निकाली रहेका छन्। ती प्रहरीको साहशलाई सामाजिक संजालमा निकै मन पराइएको छ। यो भिडियो गुजरातको मोरबी सहरको हो। भिडियोमा देखिएका प्रहरी हबल्दारको नाम पृथ्वीराज सिंह जडेजा हो।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *