गुल्मीका पहिरोपीडितलाई प्रवासी नेपालीद्वारा २ लाख १७ हजार सहयोग

डिसी नेपाल
२७ साउन २०७६ ११:०२

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग गरेका छन्।

गुल्मी समाज पोल्याण्डले रु दुई लाख १७ हजार ५०० सहयोग गरेको छ भने गुल्मी समाज पोर्चुगलले रु ७१ हजार ५०० राहत रकम प्रदान गरेको छ ।

सो गाउँपालिकामा मृत्यु भएका मृतकका परिवारलाई रु पाँच/पाँच हजारका दरले रु ३५ हजार नगद हस्तान्तरण गरिएको छ भने बाँकी रु दुई लाख ७४ हजार ५५१ विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ। कूल रकम रु तीन लाख नौ हजार ५५१ पहिरोपीडितलाई सहयोग गरिएको हो।

हस्तान्तरण कार्यक्रममा गुल्मी समाज पोल्याण्डका उपाध्यक्ष विदुर शर्मा, विलाल पौडेल र देवीराम घिमिरे, त्रिभुवन माविका शिक्षक दधिराम शर्मा, समाजसेवी हरि शर्मा, व्यापारी विपिन गुरुङलगायतको टोली पुगेको गुल्मी समाज पोर्चुगलका वरिष्ठ उपाध्यक्ष अमृत रिजालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *