एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदीको उम्मेदवारी घोषणा

डिसी नेपाल
२७ साउन २०७६ १४:३२

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए )को नवौँ विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्।

यही क्रममा एनआरएनए दक्षिण कोरियाले पनि आगामी कार्यकाल २०१९–०२१ को नयाँ नेतृत्व चयनको लागि अधिवेशन सेप्टेम्बर २१ र २२ तारिखमा गर्ने तय गरेकोे छ।

चुनावी सरगर्मी बढेसँगै एनसीसी दक्षिण कोरियाको विभिन्न पदका लागि आकांक्षीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्।

यसै क्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी)दक्षिण कोरियाको आगामी कार्यकालको  लागि अध्यक्षमा यज्ञराज सुवेदीले आफ्‍नो उम्मेदवारी घोषणा गरेका छन्।

विगत २५ वर्षदेखि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाएका सुवेदीले एक असल समाजसेवीको पहिचानसमेत बनाएका छन्  । कोरियामा रहेको नेपाली समुदायलाई आइपर्ने विभिन्न समस्यामा तथा हक हितको लागि हातेमालो गर्दै आएका सुवेदी कोरियाका राष्ट्रपति मुञ्जेईनको सल्लाहकार समितिका सदस्य , सत्तारुढ दल द मिञ्जु पार्टीका आप्रवासी उपसमितिका उपसभापति, किम्हे माईग्रेनट सेन्टरका प्रमुखलगायत कोरियामा क्रियाशील झण्डै दर्जन बढी सामाजिक संघ संस्थामा आवद्ध छन्।

उनले एनआरएनए कोरियाका विगतका नेतृत्वहरूले केही थोरै काम र प्रयासहरू अगाडि बढाएपनि संस्थालाई व्यवस्थित र गतिशील बनाउन नसकेकोले आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । कोरियामा बस्ने नेपालीहरूका हक हितका लागि गर्नु पर्ने महत्त्वपूर्ण धेरै कामहरू बाँकी रहेकोले त्यस्ता कामहरू आफ्नो प्राथामिकतामा रहेको उनको भनाई छ।

श्रमिकको हकहित र अधिकारका लागि विशेष योजना बनाएर नै काम गर्ने उनले बताए। विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा लगाउन र कोरियाको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने उनको योजना छ।

‘ टु दी प्वाइन्टमा भन्नुपर्दा कोरियामा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा जोड्ने कामलाई परिणाममुखी बनाउन मैले  भरपुर प्रयत्न गर्नेछु । माइग्रेंटहरुलाई आफ्नो देशमा पुनस्थापना गर्ने कामको मिडियटर संस्था एनआरएनए हो, भन्ने स्थापित गराउन नै मेरो नेतृत्वको दावी हो। सुवेदीले आफ्‍नो अठोट सुनाए।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख र विपदको समाधानको लागि आवश्यक पहल गर्नै जस्ता मुख्य एजेण्डाहरू उनले आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन्।

नेतृत्व आफ्‍नो पोल्टामा परे नेपालीहरुलाई धैरै नयाँ कुुरा दिन आफ्‍नो प्राभवकारी भुमिका रहने उनले बताए। ‘कोरिया सरकारसँग समन्वय गरेर आप्रवासी नेपालीहरुका समस्या समाधानमा मेरो नेतृत्वले एक किसिमको महत्वपुर्ण भुमिका खेल्ने छ । ’

त्यस्तै कोरियामा कार्यरत रहेका नेपालीहरुलाई परेका समस्यामा कानुनी साहायताको लागि वकिलहरुसँग समन्वयात्मक भुमिका खेल्ने, राजधानी सौलमा एनआरएनएको एक केन्द्रीय कार्यलयको स्थापना गर्ने,  नेपाली मजदुरहरुलाई सीप, ब्यवसायिक तालीम पु्ँजीको लगानिबारे स्टार्टअप तालीमको व्यवस्था गर्ने, दैनिक समस्या समाधनको लागि नेपाली रावजदूतावास, स्थानीय ममाइग्रेंट सेन्टर र एनआरएनए क्षेत्रिय कमिटीहरुकोबीचमा नेटवर्क बनाई समस्या कलेक्सन र समाधनको लागि पहल गर्ने, नेपालीहरुको स्वास्थ समस्यामा सहयोग गर्न कोरियस्थित नेपाली डाक्टरहरुसँगको नेटवर्क र क्षेत्रीय स्तरका भाषा अनुवादक स्वयंसेबीहरु तयार गरिने र भिडियो कल प्रणालीको आधारमा नेपाली डाक्टरहरुको सेवा लिन पहल गर्ने, नेपाली मुलका कोरियन र उनीहरुको परिवारलाई नेपाल र नेपाली भाषा संस्कृति सिकाउने, नेपाली उद्योगपति र कोरियन उद्योगपतिहरुको बीचमा नेपाल उद्योग बणिज्य महाशंघ र कोरिया उद्योग वाणिज्य महासंघको बीचमा भ्रमणहरु गराई लगानी र पर्यटनको विकासमा सहयोग गर्ने जस्ता कार्ययोजना सुवेदीले आफ्‍नो चुुनावी एजेण्डामा अघि सारेका छन्।

कोरियामा रहेका अधिकांश संघसंस्था, सदस्य र अग्रजको साथ रहेकोले नेतृत्व आफ्नै पोल्टामा पर्नेमा ढुक्क रहेको सुवेदीले दावी गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *