एनआरएनए मकाउ अध्यक्षमा पुन: अधिकारीको उम्मेदवारी घोषणा 

डिसी नेपाल
२७ साउन २०७६ १४:३९

काठमाडौँ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) मकाउको अध्यक्षमा शान्तिदेवी अधिकारीले पुन: उम्मेदवारी घोषणा गरेकी छिन्।

सेप्टेम्बर ०८ मा हुन गइरहेको एनआरएनए मकाउको अधिवेशनमा अधिकारीले २०१९–२०२१ कार्यकालका लागि अध्यक्षमा दोस्रो पटक उम्मेदवारी घोषणा गरेकी हुन्।

संस्थाको विविध पक्षमा काम गर्दै जाँदा एनआरएनए मकाउलाई थप व्यवस्थित र गतिशील बनाउन एक कार्यकाल कम भएको बताउँदै अपूरा रहेका बाँकी कामहरूलाई पूरा गर्न दोस्रो कार्यकाल दोहोर्‍याउन चाहेको अधिकारले बताएकी छिन्।

उम्मेदवारी घोषणासँगै अधिकारीले आफ्ना एजेण्डा पनि अघि सारेका छिन्। मकाउमा कार्यरत नेपालीहरूको साझा समस्याहरू पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्नै, मकाउका व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्नै, मकाउमा एनआरएलाई थप बलियो बनाउने, प्रवासमा नेपालको भाषा र संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना उनले अघि सारेका छिन्।

त्यस्तै विदेशमा नेपालीले कमाएको पैसालाई वैधानिक रुपमा स्वदेश पठाउने सरकारी योजनालाई मकाउमा प्रभावकारी ढङ्गले लागू गर्न पहल गर्नै, हङकङको बाटो हुँदै नेपाल आवतजावत गर्न सरल उपायको लागि पहल गर्नै, मकाउमा मृत्यु भएका नेपालीको पार्थिव शरीर स्वदेश पठाउने विषयमा भैरहेको जटिलतालाई नेपाल तथा मकाउ सरकारका आधिकारिक प्रतिनिधिसँग समन्वय गरेर समाधान गर्नै, महावाणिज्य दूतको सम्पर्क कार्यालय सकेसम्म मकाउमा नियमित र सुलभ गराउन पहल गर्ने जस्ता कार्ययोजना पनि आफ्‍नो प्राथामिकता रहेको उनले बताएकी छिन्।

वर्तमान कार्यकाल सफलतापूर्वक नेतृत्व गरेकी अधिकारीले एनआरएनए अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएकी छिन्।महिला नेतृ भएर पनि अन्य एनसीसीभन्दा क्रियाशील हुँदै मकाउलाई एक उदाहरणीय एनसीसीका रुपमा चिनाउन सफल भएकी उनको सर्वत्र चर्चा हुँदै आएको छ।

आठौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी भएको एनआरएनए टिमबाट उत्साहजनक प्रदर्शन गर्दै करातेको ६८ं केजीमा अधिकारीले कांस्य पदक जितेर एनआरएनएको नाम उच्च स्थानमा राख्न सफल भएकी थिइन्।

आउने एनआरएनए मकाउको अध्यक्ष पदका लागि चर्चमा अरू पनि छन् तर प्रबल आकाङ्क्षीमा उभिएकी छिन् शान्ति अधिकारी।किनभने वर्तमान कार्यसमिति भित्रै उनको प्रभाव बलियो मान्निछ।

संस्थालाई थप व्यवस्थित र गतिशील बनाउन तथा बाँकी रहेका महत्वपूर्ण अधुरा काम पूरा गर्नको लागि शुभेच्छुकहरूको आग्रहमा दोस्रो पटक उम्मेदवारी दिएको बताउने अधिकारीले नयाँ नेतृत्वका लागि आफ्नो दावेदारी स्वाभाविक भएको दावी मात्रै गर्दैनन,आफूलाई विजय प्राप्त हुनेमा पनि ढुक्क देखिन्छिन्। 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *