पाँचथर हत्याकाण्डमा बाँच्न सफल बालिकालाई एनआरएनए मलेसियाको आर्थिक सहयोग

डिसी नेपाल
२८ साउन २०७६ १०:४०

काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन/एनसीसी) मलेसियाले पाँचथरको मिक्लाजुङ हत्याकाण्डमा बाँच्न सफल  बालिका सिता खुजुमलाई आर्थिक सहयोग गरेको छ । एकै परिवारका ९ जनाको हत्या हुँदा सिताले भागेर ज्यान जोगाएकी थिइन्।

एनआरएनए मलेसियाले ‘एक एनआरएन एक परोपकारी योजना’ अन्तर्गत १ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको हो। सोमबार काठमाडौँ एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सल्लाहकार योगेन्द्र कुँवर र सदस्य रामचन्द्र नेपालले संयुक्तरुपमा सिताकी आमा बुद्धमाया खुजुमलार्इ  हस्तान्तरण गरेका हुन्।

आर्थिक सहयोग बुझ्दै आमा बुद्धमायाले परिवारको हत्यारा पत्ता लगाउन सरकारलाई आग्रह गर्दै सुनसरीमा बस्दै आएकी छोरीको शिक्षादीक्षाका लागि पैसा खर्च गर्ने बताइन्।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष न्यौपानेले एनआरएनए एनसीससी मलेसियाले नेपालकै दर्दनाक हत्याकाण्डबाट ज्यान बचाउन सफल बालिकालाई केही राहत मिलोस् भनेर सहयोग गरिएको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *