सामसुंगले सार्वजनिक गर्‍यो १०८ मेगापिक्सेलको क्यामेरा सेन्सर

डिसी नेपाल
२८ साउन २०७६ ११:०८

एजेन्सी । दक्षिण कोरियामा अवस्थित विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनि सामसुंगले चीनियाँ कम्पनि शाओमी सँग मिलेर १०८ मेगापिक्सेलको इमेज सेन्सर लञ्च गरेको छ।’Samsung ISOCELL Bright HMX’ नामक उक्त सेन्सर सोमबार लञ्च भएको हो। यो विश्वको पहिलो इमेज सेन्सर हो जसमा १०० मिलियन पिक्सेल भन्दा बढीको रिजोलुशन दिइएको छ।

कम्पनीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘ यो नयाँ संस्करणको साथसाथै सामसुंगले आफ्नो सेन्सर पोर्टफोलियोलाई बढाएर केही समय पहिला लञ्च गरेको अल्ट्रा हाई ६५ मेगापिक्सलबाट बढाएर १०८ मेगापिक्सल बनाइएको छ। यसको रिज्योलुशन डीएसएलआर क्यामरासँग बराबर रहेको छ।’ यस्तै उक्त विज्ञप्तीमा भनिएको छ,‘ यो सेन्सर शाओमीसँग मिलेर तयार पारिएको हो। यो विश्वको पहिलो मोबाइल सेन्सर हो जसमा १०० मिलियन पिक्सलभन्दा बढी प्याक रहेको छ।’

यो नयाँ सेन्सरले लो–लाइट सेटिंग्समा धेरै प्रकाश लिनेछ र यसको पिक्सल–मर्जिंग टेट्रासेल टेक्नोलोजिको सहयोगमा २७ मेगापिक्सलको ब्राइट इमेज प्राप्त हुनेछ। एडभान्स फिल्मिंगको लागि HMX मा ३० फ्रेम्स प्रति सेकेण्ड (fps) र 6K सम्मको रिज्योलुशनमा भिडियो रेकर्डिंगको सपोर्ट मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *