एनआरएनए दक्षिण कोरियाको सचिवमा सालिक न्यौपानेको उम्मेदवारी 

डिसी नेपाल
२८ साउन २०७६ १३:२५

सौल ।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कोरियाको सचिवमा  सालिक न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।
न्यौपानेले एक विज्ञप्ति जारी गरेर आगामी कार्यकाल २०१९–०२१ का लागि  सचिव पदमा  उम्मेदवारी दिने घोषणा गरेका हुन।

कोरियामा क्रियाशील रहेका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका न्यौपानेले युवा समाजसेवीको पहिचानसमेत बनाएका छन्।

उनले कोरियामा कार्यरत नेपाली श्रमिकहरूका समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताएका छन्।

‘वैदेशिक रोजगारीका लागि इ नाइन भिसामा कोरिया आएका नेपाली कामदारका समस्या न्यूनीकरण र सम्भावित समस्यालाई निराकरण गर्न प्रयत्न गर्नेछु ।’ उनी भन्छन, ‘एनआरएनए कोेरियामा सामान्य श्रमीकहरु अट्न सकेका छैनन्।सबैलाई समेटेर मजदुरमैत्री एनआरएनए बनाउनलाई मेरो उम्मेदवारी हो ।’

उनले एनआरएनएमा युवावर्गको आकर्षण न्यून हुनुमा चिन्ता व्यक्त गर्दे सक्षम युवाहरु संघमा समेट्न आफूले युवामैत्री कार्यमा विशेष कदम चाल्नेसमेत बताए।

न्यौपानेले जारी गरेको चुनावी घोषणा पत्रमा मर्यादित वैदेशिक रोजगार, युवा सशक्तीकरण र प्रवासमा नेपाली संस्कृतिको संरक्षण लगायतका एजेण्डाहरू प्राथामिकतामा छन्।

एनआरएनएका अग्रज अभियन्ताहरू र साथीहरूसँगको परामर्शमा सचिव पदमा उम्मेदवारी दिएको उनले बताए। ‘आफ्नो क्षमताले भ्याएसम्म समाजको हरेक क्षेत्रका हितमा काम गर्ने आत्मबल बढेको बढेको छ। मलाई पूर्ण भरोसा छ, कोरियावासी नेपालीको साथ र सहयोग रहनेछ। ’

एनआरएनए कोरियाका लागि तय गरिएको चुनावी क्यालेण्डर अनुसार राष्ट्रिय महाधिवेशन आउँदा सेप्टेम्बर २१ र २२ तारिखमा हुँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *