आज बुधबार, शुभ-अशुभ कस्तो छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२९ साउन २०७६ ६:१२

आज मिति २०७६ साल साउन २९ गते । तदनुसार सन् २०१९ अगस्ट १४ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, चतुर्दशी, १४:५३ उप्रान्त पूर्णिमा तिथि बुधबार ।

मेष
स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।

वृष
आम्दामीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ ।

मिथुन
पारिवारिक झमेला थपिनेछ, तनावमा काम गर्नु पर्नेछ।

कर्कट
भाग्यले साथ दिनेछ, अधुराकाम बन्नेछन्।

सिंह
खानपिनमा मस्त भइनेछ, धनमा वृद्धि हुनेछ।

कन्या
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ।

तुला
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ।

वृश्चिक
संगीतमा रुचि जानेछ, शैक्षिक क्षेत्रमा लाभ मिल्नेछ।

धनु
जागिरको योग बन्नेछ, काममा प्रशंसा मिल्नेछ।

मकर
भातृ सहयोग मिल्नेछ, जोस जागर बढ्नेछ।

कुम्भ
झमेलामा परिनेछ, धोका हुन सक्नेछ।

मीन
आफ्नो पहिचान बन्नेछ, भरपुर साथ पाइनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *