विद्वान पण्डितका छोरा सुनको सिक्का छोडेर चाँदीको सिक्का घर लैजान्थे

डिसी नेपाल
२९ साउन २०७६ ८:३२

काठमाडौं। एउटा प्रचलित लोक कथाका अनुसार राजाको दरबारका एक जना विद्वान पण्डित थिए। राजा पण्डितको बुद्धिमानी व्यवहारबाट निकै प्रभावित थिए। एक दिन भरी सभामा राजाले पण्डितलाई भने–तपाइँ धेरै विद्वान हुनुहुन्छ, तर तपाइँको पुत्र निकै मुर्ख छन्?’

यो प्रश्न सुनेर पण्डित अलमल्ल परे। उनले राजासँग महाराज तपाइँ यस्तो किन भन्दै हुनुहुन्छ? भनेर प्रश्न गरे।  राजाले जवाफ दिए–मैले तपाइँको छोरालाई सोधेको थिएँ, सुन र चाँदीमा कुन चाँही मूल्यवान हो? तपाइँको छोराले चाँदीलाई मूल्यवान भन्यो। तपाइँको छोरालाई कुन धातु मूल्यवान हो भन्ने पनि थाहा रहेनछ।’

भरी सभामा उपस्थित पण्डितजीमाथि हास्न थाले। पण्डितजीलाई निकै नरमाइलो लाग्यो। उनले कुनै जानकारी नदिइ दरबारबाट बाहिर निस्किए। घर पुगेर पण्डितले छोरालाई सुन र चाँदी मध्ये कुन मूल्यवान भनेर सोधे। छोराले सुन मूल्यवान भनेर जवाफ दिए।

तिमीलाई यो कुरा थाहा रहेछ त किन राजालाई गलत जवाफ दिएको भनेर सोधे। पण्डितका छोराले कुरा बुझिहाले। उनले भने–पिताजी राजा सधैं विहान मुख्य बजारमा प्रजालाई भेट्न आउँछन्। म पनि त्यहाँ जान्छु। राजाले सधैं मेरो अगाडि एउटा सुन र अर्को चाँदीको सिक्का राख्छन्। र यसमा जुन मूल्यवान छ त्यसलाई तिमी लैजान सक्छौ भन्छन्। पूरै प्रजा मेरो मजाक उडाउँछन्। म त्यो सिक्क लिएर घर आउँछु।’

पण्डितले भने–जब तिमीलाई चाँदी भन्दा सुन बहुमूल्य हो भन्ने लाग्छ भने चाँदीको सिक्का किन ल्याएको त?’ छोरालाई आफ्ना बुवालाई कोठाभित्र लगेर एउटा बाक्सा खोलेर देखाए, त्यो बक्साका निकै चाँदीका सिक्का थिए। यति धेरै सिक्क देखेपछि पण्डितले छोरालाई यति धेरै सिक्का कहाँबाट ल्याएको भनेर सोधे।

जवाफमा छोराले भने–विहान सधैं राजाले जुन सिक्का दिन्छन् नी हो यी तिनै सिक्का हुन्। जुन दिन राजाको अगाडिबाट मैले सुनको सिक्का उठाउन थाल्छु नी त्यो दिनदेखि राजाले सिक्का दिन बन्द गर्छन्। सुनको सिक्का पाउने लोभमा यति धेरै चाँहीका सिक्का गुमाउनु बुद्धिमानी होइन।’

त्यसपछि पण्डितजीलाई आफ्नो छोरा मुर्ख नभएर बुद्धिमान भएको थाहा भयो। भोलि पल्ट पण्डितले आफ्नो छोरा र चाँदीको सिक्का भएको बक्सा लिएर राजदरबार पुगेर सबै कुरा बताइ दिए। सबै कुरा सुनेपछि राजाले पण्डितका छोराको प्रसंशा गरेर सुनका सिक्काले भएिको एक बाक्सा उपहार दिए।

यो कथाबाट के शिक्षा पाइन्छ भने हामीले आफ्नो शक्तिलाई देखाउने गरी प्रयोग गर्नु हुँदैन। कयौं पटक आफ्नो शक्ति देखाउने चक्करमा हाम्रो नोक्सान हुन्छ। तब शक्ति देखाउने सही समय आउँछ तब मात्र शक्ति देखाउनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *