रसुवा प्रहरीलाई चीनद्वारा सहयोग सामग्री
रसुवा । रसुवा प्रहरीलाई चिनियाँ सुरक्षाकर्मीले बुधबार सहयोग सामग्री प्रदान गरेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलमेट क्याप, टर्च, दूरबीन, नाइटभिजन क्यामरा, सिल्ड (ढाला) लगायतका विविध सामग्री प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
प्राप्त सामग्रीले विपद् व्यवस्थापनका साथै सुरक्षा प्रदान कार्यमा समेत उपयोगी हुने सुरक्षाकर्मीले बताएका छन्।
सीमा क्षेत्रमा कार्यरत चिनियाँ सुरक्षा अधिकारीले रसुवागढीको आफ्नै भूभागबाट सामान हस्तान्तरण गरेको बताइएको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment