दुर्लभ विमारीले मेलानीलाई बनायो मोडल, तस्वीरले मच्चायो तहल्का

डिसी नेपाल
३० साउन २०७६ १०:५६

काठमाडौं। यो रेयर जेनेटिक डिसअर्डरका कारण मानिसहरुले अहिलेसम्म यो फोटोलाई मेकअपको कमाल भनिरहेका छन्। तर त्यस्तो होइन, यो रेयर बिमारीसँग जुधिरहेकी यी मोडलको न कपाल छ न नङ नै।

यो रोगका कारण यी मोडल कुनै बुख्याँचा जस्तै देखिन्छिन्। यो रोग गालेपछि दाँत, नङ, हड्डी, छालामा नराम्रो असर पर्छ। यी मोडलको ओठ, र तालु जन्मजात नै काटिएको थियो। उनको आँखा र कानमा पनि समस्या थियो। मेलानी निकै सफल मोडल हुन्। तर, बाल्यकालमा यही विमारीका कारण उनले करिव ४० पटक सर्जरी गर्नु परेको थियो।

कयौं समस्यालाई जुधिरहेकी मोडल मेलानी आज आफ्नो समस्यालाई पछि पार्दै न्युयोर्ककी एक सफल मोडल बन्न सफल भएकी छन्। अध्ययनका क्रममा उनले एउटा फोटो खिचाएकी थिइन्। फोटोका कारण उनलाई मोडलिङको अफर आयो। आज मेलानीले मोडलिङ गरेको आठ वर्ष पूरा भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *