अश्लिल फिल्म हेर्दै त्यसैको नक्कल गरिरहेका युवाको तत्काल मृत्यु

डिसी नेपाल
३० साउन २०७६ १२:२८

एजेन्सी। स्मार्टफोनले एकतर्फ हाम्रो जीवनलाई सजिलो बनाएको छ भने अर्को तर्फ खतनाक पनि बन्दै गएको छ। अहिलेसम्म अनलाइन गेम पब्जी खेल्दै वा सेल्फीको चक्करमा धेरैले आफ्नो जीवन गुमाइ सकेका छन्। तर विहारको राजधानी पटनामा स्मार्टफोनमा पोर्न हेर्दै त्यसको नक्कल गर्नु उनलाई निकै महंगो सावित भएको छ। उनको ज्यानै गएको छ।

विहानको पटनाको पाटलिपुत्र इलाकाको नेहरु नगरमा एक जना ३४ वर्षका युवकको कोठामा शव फेला परेको छ। युवकको मृत्यु भएको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीलेको टोलीले ती युवकलाई पासो लगाएर झुण्डिएको अवस्थमा फेला परेको थियो। युवकको साथबाट बरामद गरिएको मोबाइल फोन खोलेर हेर्दा प्रहरी नै चकित परे।

मोबाइलको स्विच अन गरेर हेर्दा मोबाइलमा पोर्न भिडियो चल्न थाल्यो। भिडियोमा जसरी नांगी युवतीले आफ्ना खुट्टाले घाँटीमा बाँधेकी थिइन्, मृतक युवक पनि त्यही मुद्रामा मरेका थिए।

भिडियोमा जो महिला नग्न अवस्थामा थिइन्, त्यही पोजमा युवक हुनुलाई मनोचिकित्सकले मानसिक रुपमा विकृत मानिसले बीडीएसएमको अभ्यास गर्ने बताएका छन्। बीडीएसएमको अर्थ आफ्नो शरीरलाई कष्ट दिएर यौन इच्छा पूरा गर्ने कोशिश हुन्छ।

विशेषज्ञका अनुसार युवक जब पोर्न भिडियो हेरेर त्यसको नक्कल गरिरहेका थिए र त्यही क्रममा उनको घाँटी भाँचियो र तत्काल उनको निधन भयो। मृत्युको कारण उनको फोनबाट प्राप्त भिडियोबाट थाहा लागेको थियो। यो विषयमा छानविन गरिरहेका डीएसपी राकेश कुमारले आफ्नो करियरमा यस्तो केश पहिलो पटक थाहा पाएको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *