आफूलाई जबर्जस्ती सुखी देखाउँदा जीवनको उर्जा समाप्त हुन्छ

डिसी नेपाल
३१ साउन २०७६ ८:०४

काठमाडौं। आजको व्यस्त जीवनमा केही मानिस भित्रै देखि दुखी हुन्छन् तर बाहिर आफूलाई सुखी देखाउने कोशिश गरिरहेका हुन्छन्। यस्ता मानिस देखासेखी गर्नु बाहेक आफूलाई जबर्जस्ती सुख राख्ने कोशिश गर्छन्।

तर सदगुरु जग्गी वासुदेवका अनुसार यस प्रकारको बनावटी जीवन जिउँदा धेरै उर्जा समाप्त हुन्छ। जसका कारण कुनै पनि मानिस पूर्ण रुपमा भित्रैबाट खुश रहन सक्दैनन्।

तपाइँ आफूलाई जति निराश महसुस गर्नुहुनछ, त्यति नै तपाइँलाई अरुको साथको आवश्यकता पर्छ। तर तपाइँ जति खुश हुनुहुन्छ, भित्रै देखि त्यत्तिनै उत्साहित महसुस गर्नुहुन्छ। त्यस्तो अवस्थामा तपाइँलाई अन्य मानिसको सहयोगको आवश्यकता पर्दैन।

यदि तपाइँ आनन्दित भएर आफ्नो काम गर्नुहुन्छ भने तपाइँले धेरै मेहनत पनि गर्नुपर्दैन। यो संसारमा सबै भन्दा मुश्किल काम जीवनमा सुख नहुँदा पनि लगातार आफूलाई खुशी देखाउन कोशिश गर्नु हो। यसरी देखावटी काम गर्दा धेरै उर्जा समाप्त भएको हुन्छ। मानिसहरु वनावटी सुख र हाँसो देखाउँछन्, जसका कारण उनीहरुको उर्जा सकिँदै जान्छ। यसले गम्भीर विमारी पनि हुनसक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *