इमरान खानले मोदीलाई इतिहास सम्झाउँदै दिए कडा चेतावनी

डिसी नेपाल
३१ साउन २०७६ १६:११

काठमाडौं। भारतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । पाकिस्तानले भारतको यो कदमको विरोध गरेको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा चेतावनी दिएका छन् । उनले ट्वीटरमार्फत मोदीलाई इतिहास स्मरण गराउँदै चेतावनी दिएका हुन् ।

इमरानले कश्मिरका जनताले स्वतन्त्रताको लागि विद्रोह गर्नेतर्फ संकेत गर्दै ट्वीटरमा लेखेका छन् ‘फाँसीवादी, हिन्दू सर्वोच्चतावादी मोदी सरकारले बुझ्नुपर्छ कि सेना, उग्रवादी र आतंकवादी अधिक शक्तिशाली शक्तिबाट हराउन त सकिन्छ तर, इतिहासले हामीलाई बताउँछ कि जब एक राष्ट्र स्वतन्त्रता संघर्षको लागि एकताबद्ध हुन्छ र मृत्युसँग डराउन छाड्छ, कुनै पनि शक्तिले उसलाई उसको लक्ष्य प्राप्त गर्नबाट रोक्न सक्दैन ।’




प्रतिक्रिया

One thought on “इमरान खानले मोदीलाई इतिहास सम्झाउँदै दिए कडा चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *