७ वर्षमा ८ सय जनालाई एक्लै ठग्ने नटवरलाल, ठगीका लागि ५ वटा नक्कली फेसबुक आइडी

डिसी नेपाल
३२ साउन २०७६ १५:३८

झापा। वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै ठगी गर्ने एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका-७ का ३५ वर्षीय रामबहादुर खड्का छन्।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई काँकडभिट्टाबाट पक्राउ गरेको हो। उनले विगत १४ वर्षदेखि आफू क्यानडा रहेको भन्दै विभिन्न मान्छेहरूलाई नक्कली फेसबुकबाट ठगी गर्दै आएको झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए।

खड्काले महेशजंग थापा, विश्वजीत थापा, आरभ थापा, उज्ज्वल थापा, प्रवीण थापा नाम गरेको फेसबुक आइडी बनाएर क्यानडा लग्ने भन्दै ठगी गरेको मैनालीले बताए।

उनका अनुसार खड्काले सन् २०१२ देखि पाँच वटा नक्कली फेसबुक एकाउण्ट खोलेर आठ सय जनाभन्दा बढीलाई ठगेको पाइएको मैनालीले बताए। उनीविरुद्ध सय जनाबढीले प्रहरीमा उजुरी दिएका थिए। खड्काले प्रतिव्यक्ति दुईदेखि चार लाख रुपैयाँसम्म ठग्दै आएको प्रहरी उपरीक्षक मैनालीले बताए।

खड्काले पीडितलाई दिल्लीस्थित क्यानडाको दुतावास गएर अन्तर्वार्ता दिएपछि क्यानडा पुगिने आश्वासन देखाएर दमक, धुलाबारी, काँकडभिट्टा, भारत पानीट्यांकीमा बोलाउने गरेका थिए। त्यहाँ पुगेपछि पीडितबाट पैसा लिएर भाग्ने गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। उनीविरुद्ध ठगी, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको मैनालीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *