यी व्यक्तिले आफ्नी प्रेमिकाको इमान्दारिता जाँच गर्न उठाए यस्तो कदम
एजेन्सी। विवाहको बन्धनलाई सबैभन्दा पवित्र बन्धन मानिन्छ। त्यसैले भनिन्छ नी विवाह कुनै बच्चाको खेल होइन। निकै सोच विचार गरेर, आफ्नो पार्टनलाई राम्रोसँग बुझेपछि मात्र विवाह गर्ने निर्णय गरिन्छ। यसरी विवाह गर्दा पनि कतिपयको विवाह बन्धन राम्रोसँग चलिरहेको हुँदैन।
एकले अर्कालाई धोका दिएको समाचार सार्वजनिक हुने गरेका छन्। शायद त्यही भएर होला एक व्यक्तिले आफ्नी प्रेमिकाको इमान्दारिता जाँच गर्न ठूलो कदम उठाएका छन्। जसको अहिले चौतर्फी चर्चा भइरहेको छ।
एक व्यक्तिले आफ्नी प्रेमिका कति इमान्दार छिन् भनेर जाँच गर्नका लागि प्रोफेशनल हनीट्रेपर हायर गर्ने फैसला गरेका छन्। यी व्यक्ति करोडपति हुन्। उनले आफू करोडपति भएकै कारणले आफ्नी प्रेमिकाले आफूसँग विवाह गर्न चाहेको त होइन भनेर बुझ्न चाहन्छन्। त्यही भएर उनले आफ्नी प्रेमिकाको इमान्दारिता जाँच गर्नका लागि १३ लाख रुपैयाँ, फ्याट र केही विसाली समान दिने निर्णय गरेका छन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यी करोडपति व्यक्तिले एक लक्जरी शपिङ र मार्केटप्लेस वेबसाइटमा प्रोफेशनल हनीट्रेपरको भ्याकेन्सीका लागि विज्ञापन गरेका छन्। जसमा उनले लेखेका छन्–म एक युवतीको इमान्दारिता चेक गराउन चाहन्छु, जोसँग मेरो इंगेजमेन्ट पनि भइसकेको छ।’
ती व्यक्तिको अघिल्लो प्रेमिकासँगको अनुभव राम्रो नभएपछि उनले पछिल्लो प्रेमिकाको इमान्दारिता जाँच गर्न लागेका हुन्। त्यति मात्रै होइन, धेरै जसो युवतीले ती व्यक्तिलाई पैसाका लागि मन पराएका थिए। उनका अनुसार अहिलेकी प्रेमिका पनि उनीसँग जति सक्यो चाँडो विवाह गर्न चाहन्छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment