एनआरएनए क्यानडाको नयाँ नेतृत्वमा घिमिरे

डिसी नेपाल
१ भदौ २०७६ ११:११
8
Shares

टोरोन्टो। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्  (एनआरएनए/एनसीसी) क्यानाडाको नयाँ नेतृत्वमा चिरन्जिवी घिमिरे चयन भएका छन्। टोरोन्टोमा सम्पन्न संघको १२ औं राष्ट्रिय महाधिवेशनले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

२०१७–०१९ कार्यकालमा महासचिवको जिम्मेवारीमा रहेका घिमिरे पेशाले नर्स हुन् । करिव एक दशकदेखि स्थायी रुपमा क्यानाडा बस्दै आएका घिमिरे गुल्मीका हुन्।

यस्तै महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष हेमन्त थापा (उज्वल), अर्जुन कुमार बिके र विजय पौडेल, महासचिव पिताम्बर भट्टराई , सचिव फडिन्द्र श्रेष्ठ, कोषाध्यक्ष सरोज भट्टराई छन्।

त्यस्तैगरी निर्वाचित एनसीसी सदस्यहरूमा नेत्र खतिवडा (दिनेश), तुला भट्टचन देवेन्द्र सुवेदी, सुशील दोरङा रहेका छन् । निर्वाचन समितिले पूर्व अध्यक्षहरू तुल्सी सापकोटा र गोपी कृष्ण काफ्लेलाई आईसीसी सदस्यमा मनोनित गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

One thought on “एनआरएनए क्यानडाको नयाँ नेतृत्वमा घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *